Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रामा ब्रेक : नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

नेप्से

मंगलबार, २८ भदौ २०७९, १५ : २४ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रामा ब्रेक : नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

लगातारकाे गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेकाे छ । नेप्से १.११ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले बढेर ३७६.१७ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ९२ करोड २५ लाख ७४ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

 

आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५ कराेड ९४ लाख ८९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज बाेटलर्स नेपाल (बालाजु) काे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार एक सय ३६ रूपैयाँ पुगेकाे छ ।

यस दिन ८.५% नेपाल बैंक डिबेञ्चर २०८७ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.५९ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ २० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको