अर्थ संसार, धादिङ प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षतामा सविता अर्याल चयन हुनुभएको छ । प्रयास नेपाल धादिङको १६ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अर्यालको अध्यक्षतामा ७ सदसिय नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिका उपाध्यक्ष रेष्टन कडेल,सचिव बिर बहादुर श्रेष्ठ,कोषाध्यक्ष गोबिन्द प्रसाद पण्डित, सह सचिव सरिता चेपाङ, बरिष्ट सदस्यमा उषा बि.क र सदस्यमा चमेली राई चयन हुनु भएको छ ।
जिल्ला सदरमुकाम धादिङबेसीमा भएको सामाजिक परिक्षण तथा साधारण सभामा संस्थाको ०७३/०७४ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो । सामाजिक परिक्षण तथा साधारणसभा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्य, संस्थाका अध्यक्ष उषा बि.कको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ नेपाल, स्थानीय विकास अधिकारी जीवलाल भूषाल, सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, गैर सरकारी महासंघ नेपाल धादिङका कोषाध्यक्ष शेर बहादुर तामाङ, नेकपा माओबादी केन्द्रका बिबेक थपलिया ,नेपाली कांग्रेसका सचिव हरिराम बुर्लाकोटी, नयाँ शक्ति पार्टी नेपालका नन्द प्रसाद काप्री लगायतले संंस्थाको सामाजिक परिक्षण १६ औं साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
जिल्ला तहमा भएको सामाजिक परिक्षणको संचारकर्मी मुरारी अधिकारी र राजाराम शर्माले सहजिकरण गर्नु भएको थियो ।
प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा बिद्यालय पुस्तकालय, बाल केन्दित सामुदायिक विकास कार्यक्रम,आफ्नो घर आफ्नो परिवार कार्यक्रम, सामुदायिक विकासका लागि शसक्रिकरण कार्यक्रम, नेपाल भूकम्प प्रतिकार्य कार्यक्रम, धादिङ बिपद् व्यवस्थापन कार्यक्रम, महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रम, गरिबी निवारणको लागि गणेश हिमाल पशुपालन कार्यक्रम,बे्रटर ब्रिक नेपाल कार्यक्रम गरि जिल्लाको ११ गाउँपालिका र २ नगरपालिका कार्यक्रम संचालन मार्फत सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको थियो ।
कार्यक्रममा संस्थाका सचिव रेष्टन कँडेलले संस्थाको सांगठनिक, कार्यकारी निर्देशक दामोदर अर्यालले बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले संस्थाको आगमी आ.ब.०७४/०७५ निति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।
संस्थाले आ.ब.०७३/०७४ भरिमा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरु र नवनिर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । १६ औ. बार्षिक साधारणसभा तथा सातौैं अधिवेशनको बन्द सत्रले आगामी ३ बर्षको सविता अर्याल अध्यक्ष रहेको ७ सदस्यिय नयाँ कार्य समितिको निर्वाचित गरेको छ ।
साधारण सभाले बसन्त डुवाडीको संयोजकत्वमा ३ सदसीय आन्तरिक लेखा परिक्षण समिति, रेनुका रुपाखेतीको संयोजकत्वमा अनुगमन तथा बिश्लेषण समिति र कपिलदेव सापकोटाको संयोजकत्वमा खरिद समिति,सरिता चेपाङको संयोजकत्वमा प्रर्यावरण तथा जलवायु परिर्वन निति कार्यान्वयन समिति, संस्थाको अध्यक्षको अध्यक्षतामा कन्टेन्जेन्सी योजना कार्यान्वयन चयन गरेको छ ।
साधारणसभाले संस्थाको बिभिन्न नयाँ निति तथा संशोधित निति तथा प्रस्तावमा छलफल गरी पारित गरेको संस्थाका सचिव बिर बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस