कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असोज १ गते, शनिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
बैंकले असोजदेखि लागु हुने गरी बैंकको ब्याजदरमा बृद्धि गरेको छ । विगत ६ महिनादेखि ब्याजदरमा कायम भद्र सहमती अब तोड्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्न सक्ने निर्णय गरेको थियो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज न्यूनतम १०.१३ प्रतिशत देखि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ । रेमिटान्स मुद्धती निक्षेपमा भने बैंकले १३.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
बैंकले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस