नेकपा एमालेका केन्द्रिय सदस्य एबं स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईले आँफुलाई महिनाको एक करोड रुपैयाँ र मन्त्री पद दिन्छु भने पनि चुनाव नलड्ने बताएका छन् ।
‘यो सिस्टम देखेर म वाक्क भइसके’ उनले भने ‘मलाई कसैले महिनामा एक करोड रुपैयाँ दिन्छु मन्त्री पद दिन्छु भने पनि म अहिले चुनाव लड्दैन यो नेपालको सिस्टम र जनता प्रति गरेको व्यबहार र नेताहरुले गर्नुपर्ने काम नगरेकाे देखेर मलाई राजनिती प्रति नै वितृष्णा जाग्यो ।’
उनले आँफुलाई राजनिती प्रति वितृष्णा जागेपनि तत्काल पार्टी छोड्ने सोच भने नबनाएको बताए । सांसद भएर भन्दा बढि काम बाहिरै बसेर गर्न सकिने उनको तर्क छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस