Like us!
Follow us!
Connect us!
Watch us!

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

अर्थ संसार

आइतबार, ०६ असोज २०८१, १६ : १८ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट दिउँसो ३ बजे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनी विरुद्ध केही दिनअघि एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्। त्यसका आधारमा प्रहरीले असोज २ गते जिल्ला अदालत, काठमाडौंबाट पक्राउ गर्न अनुमति लिएको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।

आइतबार निवासमै रहेको खबर पाएपछि साइबर ब्युरोको टोली भक्तपुर पुगेको थियो। उनलाई विद्युतीय कारोबारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको  हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको