Like us!
Follow us!
Connect us!
Watch us!

अब मसित पैसा हुन्छ, बैंकको ऋण तिर्छु: दुर्गा प्रसाईं

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १७ : ४५ मा प्रकाशित

अब मसित पैसा हुन्छ, बैंकको ऋण तिर्छु: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् ।

२० दिन दिल्ली बसेर फर्केका प्रसाईंले त्रिभुवन विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालतले गरेको आदेशको स्वागत गरे। उनले  १३ वर्षसम्म सरकारले आफूलाई अन्यायमा पारेको र १३ वर्षपछि अदालतले न्याय दिएको बताए।

उनले भने, “हामीलाई मेडिकल कलेज खोल्न १३ वर्षसम्म सम्बन्धन नदिएर रुवाएर, तड्पाएर राखेका थिए। अदालतबाट सम्बन्धन दिने आदेश भएको छ। देशमा न्याय मरेको छैन भन्ने प्रमाणित भयो। न्यायपालिकालाई धन्यवाद।”

उनले अब कलेज चलाएपछि आफूसँग पैसा पनि हुने भन्दै बैंकको ऋण पनि तिर्ने बताए।

‘एफिलेसन आयो कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन ।  तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

उनले मेडिकल कलेजले सम्बन्धन पाएपनि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नरोकिने बताए । ‘अब अभियान झन् एग्रेसिभ जान्छ’, उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइ पनि गर्छु । क्लियर कुरा ।’

सरकारले पक्राउ गर्न लागेको चर्चाबीच दिल्ली पुगेका प्रसाईंले नेपाल फर्किएपछि आफूलाई पक्रिन सरकारलाई चुनौतीसमेत दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको