अर्थ संसार, काठमाडौं– अविरल वर्षासँगै देशका पहाडी र तराईका जिल्लामा आएको बाढी पहिरोमा परि देशभर ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।
आइतवार साँझ ५ बजेसम्ममा मन्त्रालयमा प्राप्त विवरण अनुसार बाढी पहिरोका कारण देशभर २३ जना वेपत्ता रहेको र ३२ जना घाइते रहेको बताएको छ ।
यस प्राकृतिक विपद्का कारण सुनसरीमा ८, रौतहटमा ७, मोरङमा ५, झापा, सिन्धुली र बाँकेमा ४/४, सर्लाही, बारा, दाङ र सुर्खेतमा ३/३, मकवानपुर, चितवन र बर्दीयामा २/२ र पाँचथर, महोत्तरी, धनुषा, पाल्पा, कालिकोट, सल्यान र कैलालीमा १/१ जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ सय ५ घरमा क्षति पुगेको छ भने हजारौं घर डुवानमा परेका छन् । बाढीका कारण पशु चौपाया, सडक, पुल, विद्यालय लयागतका भौतीक संरचनामा समेत क्षति पुगेको छ ।
बाढी पहिरोमा परेकाहरुको उद्धार र राहतका लागि सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरेको बताएको छ । तीन ओटै सुरक्षा निकायलाई प्रभावित क्षेत्रमा खटाएको गृह मन्त्रालयले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस