Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता : नेप्से १८७६ काे विन्दुमा !

नेप्से

आइतबार, ०२ असोज २०७९, १५ : ११ मा प्रकाशित

सेयर बजारकाे ओरालो यात्रामा निरन्तरता : नेप्से १८७६ काे विन्दुमा !

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेकाे छ । नेप्से १.७९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०४ अंकले घटेर ३६५.८६ विन्दुमा झरेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार समूह घटेकाे छ ।

आइतबार लक्ष्मी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २१ कराेड ३८ लाख ४४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ग्लोबल आईएमइ सम्मुनत याेजनाकाे मूल्य सबैभन्दा धेरै बढेकाे छ । उक्त फण्डकाे मूल्य ५.३५ प्रतिशतले बढेर ८ रूपैयाँ ८६ पैसा पुगेकाे छ । 

यस दिन बलेफी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.८५ प्रतिशतले घटेर २ सय ७० रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको