Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १६ : १८ मा प्रकाशित

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भीसबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको  अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले सञ्चालन गर्दै आएको स्मार्ट  क्यूआर (SmartQR) र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त  गेटवे पेमेन्ट सर्भीस (Gateway Payment Service) ले सञ्चालन थालनीको तैयारी गरेको यु.पी.आइ. नेपाल क्यूआर (UPI Nepal QR) बीच अन्तरआवद्धताको लागि सम्झौता  सम्पन्न भएको छ ।   

स्मार्टच्वाईस टेक्नोलोजिजको प्राँगणमा आयोजित कार्यक्रममा  स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीस (Gateway Payment Service) को तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मी बीच सम्झौतामा हस्ताक्षर तथा आदान प्रदान सम्पन्न भएको थियो ।

यस सम्झौता पश्चात् यु्.पी.आइ. नेपाल क्यूआरको सुबिधा लिने विभिन्न व्यापार/व्यवसायलाई  स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक (PSP) वालेट तथा मोबाइल  बैंकिङ्ग एप मार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन् भने स्मार्ट क्यूआर  मार्फत भुक्तानी लिदै आएका व्यापार/व्यवसायले यु.पी.आइ. नेपाल क्यूआर नेटवर्कमा आबद्ध  ग्राहकहरु मार्फत पनी भुक्तानी लीन मिल्ने भएको छ ।  

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको