Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता : हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र २०% छुट

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, १७ : २५ मा प्रकाशित

आइएमई पे र गोल्डस्टार जुत्ताबीच सम्झौता : हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता र २०% छुट

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ । 

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधि भरी हरेक दिन १ जोडी गोल्डस्टार जुत्ता प्रदान गर्नेछ । साथै, प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा जुत्ता खरिद गर्दा फ्लाट २०% क्यासब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ । 

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् । सो कोड प्रयोग गरी विजेताहरुले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाईटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् । यद्यपि, विजेताहरुले डेलिवरि चार्ज भने स्वयम नै तिर्नु पर्ने शर्त राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको