Like us!
Follow us!
Connect us!
Watch us!

पीपीए खोल्ने तयारीमा विद्युत् प्राधिकरण

पत्रपत्रिका

सोमबार, ०३ असोज २०७९, ०६ : ४६ मा प्रकाशित

पीपीए खोल्ने तयारीमा विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले एक हजार पाँच सय मेगावाट क्षमतासम्म जलप्रवाही (आरओआर) आयोजनाका लागि विद्युत् खरिद बिक्री सम्झौता खुला गर्ने भएको छ । 

वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीसँगको भेटमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबारे सबै अध्ययन सकेर प्राधिकरण सञ्चालक समितिमा प्रस्ताव पेस गरिसकेको जानकारी दिएका हुन् । 

इप्पानका अनुसार घिसिङले अहिले क्यु–४० डिजाइन हुने गरी पीपीए खोलिने र प्रवद्र्धकले चाहेमा पछि क्यु–२५ मा पनि जान पाउने प्रावधान राखिने बताएका छन् ।

इप्पानले जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र निर्देशिका तथा विद्युत् खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन, २०७९ ले पीपीए खोल्ने व्यवस्था गरे पनि कार्यान्वयन गर्न ढिलाइ गरेको भन्दै घिसिङलाई ज्ञापनपत्र बुझाएको थियो । आरओआर आयोजनाका लागि साढे तीन वर्षदेखि नयाँ पीपीए भएको छैन । उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयबाट डेढ महिनाअघि पारित भएको थियो तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योल अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको