Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

अर्थ संसार

सोमबार, ०३ असोज २०७९, ०६ : ५१ मा प्रकाशित

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

नेपालबाट गत वर्ष ३० करोड रूपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ।

नेपाल बोटल वाटर उद्योग संघको १२ औं वार्षिक साधारण सभा एवं दसैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको जानकारी दिइएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट पीडित व्यवसायीले चाडपर्वको मुखमा तरलताको अभाव झेल्नुपरेको बताए। 

कोरोनाको समयमा व्यक्तिको घरघरमा पुगेर सेवा प्रदान गरेका पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको उनको भनाइ थियो।

'खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महँगो छ। यसलाई चाँडो घटाउनुपर्छ,' उनले माग गरे।

संघका अध्यक्ष ध्रुवबहादुर गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको भन्दै यसलाई तत्काल सच्याउन माग गरे। अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीका रूपमा हेरेको उनको भनाइ थियो। अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पनि पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको