Like us!
Follow us!
Connect us!
Watch us!

पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला पर्यो

सोमबार, ३० साउन २०७४, १६ : ४० मा प्रकाशित

पर्सामा दुई भारतीयसहित चारजनाको शव फेला पर्यो

अर्थ संसार, वीरगञ्ज– विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बाढीले बगाउँदा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको शव फेला परेकोे प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले राससलाई बताउनुभयो ।

आइतबार दिउँसो भैँसी चराउन गएकी महत्तो घर फर्किने क्रममा भैँसीको पुच्छर समातेर घर नजिकै रहेको नदी तर्न खोज्दा बाढीले बगाएको थियो । भने हालसम्म महत्तोको शव फेला परेको छैन । यस्तै विन्धवासिनी गाउँपालिका–३ झौवागठीका १२ वर्षीय विवेककुमार साह तिलावे नदीमा आएको बाढी हेर्न गएको बेला उनलाई बाढीले बगाएको थियो ।

यसैगरी पश्चिमी भेगमा रहेको पौर्ताहा र दशैया खोलामा आएको बाढीले भारत बेलहीयाका रामस्वरुप माझीलाई पकहामैनपुर र नुना खातुनलाई जानकिटोला नजिक रहेको खोलाले बगाएको अवस्थामा शव फेला परेको थियो । निज खातुनको शव परिवारले लगेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको