Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से निरन्तर ओरालो, बाली भित्र्याउने समयमा घट्दै सेयरमूल्य

नेप्से

मंगलबार, ०४ असोज २०७९, १५ : ०५ मा प्रकाशित

नेप्से निरन्तर ओरालो, बाली भित्र्याउने समयमा घट्दै सेयरमूल्य

आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । अब धमाधम सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने समय भएकाे छ । याे भनेकाे लगानीकर्ताहरूकाे बाली भित्र्याउने समय हाे । बजार निरन्तर घट्दा नेप्सेमा सूचिकृत कम्पनीहरूकाे सेयरमूल्य पनि निकै सस्ताे भइसकेकाे छ । आधारभूत रूपमा बलिया र लाभांश क्षमता राम्रो भएका कम्पनीहरूको बारेमा अध्ययन गरी अहिले लगानी गर्ने सुनौलो अवसर देखिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेकाे छ । नेप्से २.०७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७ अंकले घटेर ३५८.८७ विन्दुमा झरेकाे छ ।

कूल २३१ वटा कम्पनीकाे ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

मंगलबार हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५ कराेड ६५ लाख ३३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ३.९२ प्रतिशतले बढेर एक हजार ५ सय ३८ रूपैयाँ पुगेकाे छ ।

यस दिन कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय रूपैयाँ ६० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको