Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको हकप्रदमा आजदेखि आवेदन दिन पाईने

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, ०८ : ११ मा प्रकाशित

राधी विद्युतको हकप्रदमा आजदेखि आवेदन दिन पाईने

राधी विद्युत कम्पनी लिमिटेडले आज असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।

क-कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, साउन भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले बिक्री प्रबन्धक  मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको