Like us!
Follow us!
Connect us!
Watch us!

वन सहजकर्ता सञ्जालको अध्यक्षमा विना श्रेष्ठ, १७ सदस्यीय समिति चयन

अर्थ संसार

बुधबार, ०५ असोज २०७९, १२ : ५१ मा प्रकाशित

वन सहजकर्ता सञ्जालको अध्यक्षमा विना श्रेष्ठ, १७ सदस्यीय समिति चयन

समुदायमा आधारित वन सहजकर्ता सञ्जाल नेपाल (कफ्सन नेपाल) को पाँचौं राष्ट्रिय महाधिबेशनले  विना श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनले छिन्डुम मेनक्पा भोटे उपाध्यक्ष, श्यामकृष्ण श्रेष्ठ महासचिव, डिल्ली गिरी उपमहासचिव, सुदिल गोपाल आचार्य कोषाध्यक्ष रहेको १७ सदस्यीय कार्य समिति तथा कमल गौतमको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समित गठन गरेको छ । महाधिवेशनले वन क्षेत्रका सवालको सन्दर्भमा प्रतिवद्धतापत्र जारी गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

 यहि २०७९ आश्विन १/२ काठमाडौंमा सम्पन्न भएको छ । सञ्जालकि अध्यक्ष अप्शरा चापागाईको अध्यक्षतामा भएको महाधिवेशनमा राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्याल प्रमुख अतिथि थिइन् । महाधिवेशनमा विभिन्न सरकारी गैरसरकारी निकाय संघसंस्थाका प्रतिनीधीहरुको सहित सञ्जालकका देशभरका महाधिवेशन प्रतिनिधीको सहभागिता थियो । त्यस अबसरमा देशभर विभिन्न क्षेत्रमा रहेर वन क्षेत्रमा सहजिकरण गर्दै हालको स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएका जनप्रतिनिधीहरु सञ्जालका १३ जना सदस्य तथा पदधिकारीहरुलाई सम्मान पनि गरिएको थियो । वन क्षेत्र र स्थानिय समुदायविचको अन्तर सम्वन्धका सवाल तथा सञ्जालको भावि कार्य दिशाको बारेमा समेत महाधिवेशनमा कार्यपत्र प्रस्तुत भएका थिए ।

632ab88d5ffed.jpg 632ab88f2c17f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको