Like us!
Follow us!
Connect us!
Watch us!

टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, २० : ४७ मा प्रकाशित

टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले टिकटकमाथि प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र लिखित जवाफ माग गर्दै कारण देखाउन आदेश गरेको हो । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार उक्त विवादमा यही मङ्सिर १५ गतेभित्र लिखित जवाफमा गरेको छ भने यही मङ्सिर १९ गते सुनुवाइका लागि पेशी तोक्ने आदेश भएको छ ।

उक्त विषयमा सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले छुट्टाछुट्टै  रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियोे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको