Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने, डाक्यो साधारणसभा

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, ०७ : २८ मा प्रकाशित

सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने, डाक्यो साधारणसभा

सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार एघारौँ वार्षिक साधारण सभा असोज २८ गते कम्पनीको रजिष्टर्ड कार्यलय नक्साल काठमाडौँमा अपराहन्न ४ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

632bbf1427204.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको