Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ व्यबस्थित लगानी योजनाको सेयर लगानी घट्यो, न्याभ ७.९४ रुपैयाँ

अर्थ संसार

बुधबार, १२ असोज २०७९, ०६ : ५२ मा प्रकाशित

सिद्धार्थ व्यबस्थित लगानी योजनाको सेयर लगानी घट्यो, न्याभ ७.९४ रुपैयाँ

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यबस्थित लगानी योजनाले २०७९ साल भदौ मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

भदौ मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ७ रुपैयाँ ९४ पैसामा सिमित रहेको छ । उक्त मूल्य साउन मसान्तको तुलनामा ३० पैसाले घटेको हो । साउन मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ २४ पैसा रहेको थियो ।

त्यसैगरी, भदौ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी घटेर १३ करोड ६ लाख ९७ हजार रूपैयाँ पुगेको छ । साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १३ करोड ९१ लाख ७६ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै, सिद्धार्थ व्यबस्थित लगानी योजनाले विभिन्न प्रकारका ६७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

योजनाले सार्वजनिक गरेको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छः

63339e9a2595d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको