सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज असोज ६ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र ७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस