Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर टेलिभिजनको विशेष साधारण सभा आज, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ०६ : ३३ मा प्रकाशित

कान्तिपुर टेलिभिजनको विशेष साधारण सभा आज, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारण सभा आज चैत १७ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ । 

सभाबाट कम्पनीले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । यसका साथै, गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिन्छ ।

सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टीभी च्यानल हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको