Like us!
Follow us!
Connect us!
Watch us!

सेयर विश्लेषक बिपिन कँडेलसँग बहस : बजार अझै घट्ला कि बढ्ला ?

अर्थ संसार

विहीबार, ०६ असोज २०७९, १४ : ३१ मा प्रकाशित

अर्थसंसार विशेषको यो एपिसोडमा हामीले सेयर विश्लेषक बिपिन कँडेलसँग विशेष कुराकानी गरेका छौं। सेयर बजारको अहिलेको अवस्था, आगामी दिनमा सेयर बजार कता जान सक्छ भन्ने विषय र राष्ट्रिय/अन्तराष्ट्रिय अर्थतन्त्रको बारेमा हामीले कंडेलसँग खरो बहस गरेका छौं। मेकानिकल इञ्जिनियरिङ्ग अध्ययन गरेका कंडेल व्यवसायी पनि हुन्। काठमाण्डौँको बानेश्वरमा मकै घर चलाईरहेका उनी रियल स्टेट सम्बन्धी व्यवसाय पनि गर्दै आएका छन्। पछिल्लो समय सेयर विश्लेषकको रुपमा स्थापित भएका कंडेलले मङ्सिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका छन्।
 
स्थानिय तहको निर्वाचनमा केहि महत्वपूर्ण स्थानहरुबाट स्वतन्त्र उम्मेदवारहरु विजयी भएसँगै अहिले स्वतन्त्र  उम्मेद्वारी दिनेहरुको संख्या निकै बढेको छ। बहुदलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारहरुले जिते नै पनि त्यो खासै प्रभावकारी हुन नसक्ने चर्चा परिचर्चा हुँदै गर्दा हामीले यो विषयमा पनि कुराकानी गरेका छौँ। 

तरलता र ब्याजदर जस्ता कुराहरुले सेयर बजारमा असर पार्ने हुँदा अहिलेकै अवस्थामा बजारमा ठुलै उछाल आउने सम्भावना खासै नरहेको भन्दै अहिले पनि कुनै सेक्टरका कम्पनीहरु निकै सस्ता भईसकेका तर कुनै सेक्टरका कम्पनीहरु अहिले पनि आफ्नो रियल भ्यालुभन्दा निकै माथि रहेको हुँदा यस्तो बेलामा लगानीकर्ताहरुले सजगता पूर्वक निर्णय लिनुपर्ने उनले बताएका छन्।  

उनीसँग गरिएकाे भिडियाे कुराकानी हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको