Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत

नेप्से

शुक्रबार, ०७ असोज २०७९, १४ : ५१ मा प्रकाशित

नेप्सेमा २० लाख कित्ता ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे छ ।

स्टकका अनुसार एभरेष्ट बैंक लिमिटेडकाे २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे । 

एभरेष्ट बैंक लिमिटेडले साउन १८ गते, बुधबारबाट भदाै १ गते, बुधबारसम्म ६ वर्ष अवधि भएकाे वार्षिक १०.५ प्रतिशत व्याज भएकाे "६ वर्ष, १०.५% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८५" नाममा ऋणपत्र निष्कासन गरेकाे थियाे । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८  लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गरेकाे थियाे । 

साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

632d798329257.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको