Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तामा बजार अझै घट्ने त्रास, धमाधम बेच्न थाले सेयर !

नेप्से

आइतबार, ०९ असोज २०७९, १५ : ०८ मा प्रकाशित

लगानीकर्तामा बजार अझै घट्ने त्रास, धमाधम बेच्न थाले सेयर !

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । अहिले लगानीकर्ताहरूकाे मनाेविज्ञान नै बजार घट्ने त हाे भन्ने भइसकेकाे छ । बजार अझै तल घट्ने त्रासले गर्दा लगानीकर्ताहरूले मनाेबल बढाउन सकेका छैनन् । बरू उल्टै धमाधम सेयर बेचिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा झरेकाे छ । नेप्से १.३० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले घटेर ३५५.६० विन्दुमा झरेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे ४० लाख १४ हजार ४ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

आइतबार लक्ष्मी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २६ कराेड २ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे संस्थापक सेयरमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.९० प्रतिशतले घटेर ३ सय ५२ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको