Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको पहलसँगै लगानीकर्तामा बढ्यो आत्मविश्वास

नेप्से

मंगलबार, ११ असोज २०७९, १५ : ०२ मा प्रकाशित

ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको पहलसँगै लगानीकर्तामा बढ्यो आत्मविश्वास

लगातारकाे गिरावटपछि आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

ब्याजदरमा हस्तक्षेप गर्ने अर्थमन्त्रीको पहलसँगै लगानीकर्तामा आत्मविश्वास बढेकाे छ । ब्याजदरबारे अध्ययन गर्न अर्थमन्त्रालयले समिति गठन गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोका  विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन सुझाव समिति गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा गठन गरिएको समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा पुगेकाे छ । नेप्से ०.८८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.५४ अंकले बढेर ३५८.१४ विन्दुमा पुगेकाे छ । 

कूल २२९ वटा कम्पनीकाे २१ लाख ७ हजार ७ सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा ६६ करोड ३० लाख १३ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र हाेटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेकाे छ । 

मंगलबार रिडी पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २ कराेड ८५ लाख ३१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक हजार ३ सय ८ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन गरिमा डिबेञ्चर २०८५ काे मूल्यमा नकारात्मक सर्किट लागेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य १० प्रतिशतले घटेर ८ सय १० रूपैयाँ ९० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको