Like us!
Follow us!
Connect us!
Watch us!

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ नियुक्त

अर्थ संसार

मंगलबार, ११ असोज २०७९, १५ : ३३ मा प्रकाशित

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ नियुक्त

फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यसअघि एफवान ग्रुप अन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनी ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए । 

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै डाइरेक्टर श्रेष्ठले भने, ‘एफवान सफ्ट अन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ।' 

स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढी काम गरेको अनुभव छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको