Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन, मूल्य कति ?

अर्थ संसार

बुधबार, १२ असोज २०७९, ०६ : १० मा प्रकाशित

आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम दिन, मूल्य कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रिमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन्।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आज (असोज १२ गतेभित्र) आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रिय कार्यलय कमलादी काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको