Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको सेयर भर्ने सयम थप, अब कहिलेसम्म किन्न पाईन्छ ?

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, ०६ : ३३ मा प्रकाशित

आशा लघुवित्तको सेयर भर्ने सयम थप, अब कहिलेसम्म किन्न पाईन्छ ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री गर्ने समय थप भएको छ । सेयरमा आवेदन दिने असोज ३१ गते, सोमबार अन्तिम दिन रहेकोमा अब उक्त अवधिलाई थप गरी कार्तिक २२ गतेसम्म पुर्याइएको छ ।   

संस्थाले ७ लाख ८९ हजार ९ सय कित्ता संस्थापक सेयर असोज २३ गतेदेखि लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले अब कार्तिक २२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचनाः

634df80ac790f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको