Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको ७ लाख ७० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ०७ : ०१ मा प्रकाशित

आशा लघुवित्तको ७ लाख ७० हजार कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १० गतेदेखि लिलामी आवेदन खुला गरेको ७ लाख ७० हजार ३ सय ७५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आज माघ २४ गते कार्यलय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ७० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ७० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

त्यसैगरी,  संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको