Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन छिमेक लघुवित्तको आग्रह

अर्थ संसार

बुधबार, १२ असोज २०७९, ०६ : ३५ मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन छिमेक लघुवित्तको आग्रह

छिमेक लघुवित्त वित्तिय सस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले संस्थाकाे सेयर रजिष्ट्रार एनएमबी क्यापिटल नागपोखरी काठमांडौमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । साथै हालसम्म पनि लाभांश पुर्जा नलिएका सेयरधनीहरुले भने संस्थाको केन्द्रिय कार्यलयमा सम्पर्क गर्न समेत संस्थाले आग्रह गरेको छ । 

उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ । संस्थाको आर्थिक बर्ष २०६९/७० देखि २०७७/७८ सम्ममा कुल १ करोड ८९ लाख रुपैयाँ नगद लाभांश वितरण हुनै बाँकी छ । 

लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम संस्थाको वेबसाइट www.Chhimekbank.org मा हेर्न सकिने संस्थाले जनाएको छ । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

63339b01dfa44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको