Like us!
Follow us!
Connect us!
Watch us!

छिमेकी लघुवित्तको नाफामा ५३ प्रतिशतको उछाल, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, ०७ : ३६ मा प्रकाशित

छिमेकी लघुवित्तको नाफामा ५३ प्रतिशतको उछाल, प्रतिसेयर आम्दानी कति ?

छिमेकी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५३.७१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५२.७३ प्रतिशतले बढेर ४६ करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३० करोड ५७ लाख २२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब १४ करोड ६ लाख रुपैयाँ रहेको छ ।  समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) १७.३९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको