Like us!
Follow us!
Connect us!
Watch us!

बडा दसैँमा एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% थप छुट

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १२ : ०८ मा प्रकाशित

बडा दसैँमा एससीटीको बडा छुट अफर : भाटभटेनीमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १०% थप छुट

नेपालीहरुको महान चाड विजया दशमीलाई लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु – अवसरमा बडा छुट अफर सार्वजनिक गरेको छ ।

यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा थप १०% वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।

विजया दशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्युआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्धन गर्ने उद्देश्यका साथ यो अफर सार्वजनिक गरिएको हो । भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा  विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको