Like us!
Follow us!
Connect us!
Watch us!

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

अर्थ संसार

बुधबार, १२ असोज २०७९, १४ : ३६ मा प्रकाशित

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सिइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सिइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ खुवाए । सिइओ खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । 

उनीसँग बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्ष भन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट ग्रुप अन्तर्गतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टरको रुपमा समेत आवद्ध थिए । 

इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त सिइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ ।  डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई  अझ विस्तार गरि आम मानिसको दैनिक जनजीवन सहज बनाउनका लागि भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडी बढ्नेछु  ।'

इसेवा सञ्चालक समितिले यसअघि प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर इसेवालाई आजको दिनसम्म ल्याइ पुर्याउन सफल भएका सुभास सापकोटालाई  विशेष धन्यवाद दिएको छ । उनी सिइओका रूपमा बाहिर रहेपनि कम्पनीको बोर्ड सदस्यमा भने रहनेछन् । सिइओबाट उनले दिएका राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको