Like us!
Follow us!
Connect us!
Watch us!

'फेस्टिभ मुड' मा लगानीकर्ता, काराेबार रकम अत्यन्तै न्यून

नेप्से

बुधबार, १२ असोज २०७९, १५ : ०२ मा प्रकाशित

'फेस्टिभ मुड' मा लगानीकर्ता, काराेबार रकम अत्यन्तै न्यून

आज (बुधबार) नेप्से परिसूचक बढ्दा काराेबार रकम भने अत्यन्तै तल झरेकाे छ । नेपालीहरूकाे महान चाड विजया दशमी नजिकिँदै गर्दा लगानीकर्ताहरू फेस्टिभ मुडमा देखिएका छन् । अहिलेकाे अवस्थामा बजारमा किन्ने र बेच्ने दुवैथरी लगानीकर्ता नहुँदा भाेलुम ड्राई बन्दै गइरहेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेकाे छ । नेप्से ०.३५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले बढेर ३५९.५९ विन्दुमा पुगेकाे छ । 

कूल २२१ वटा कम्पनीकाे १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ९ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

बुधबार नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । संस्थाकाे संस्थापक सेयरकाे ४ कराेड ७५ लाख ९७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मन्दाकिनी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.२० प्रतिशतले बढेर ३ सय ७४ रूपैयाँ पुगेकाे छ ।

यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डकाे मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको