Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि नेशनल हाइड्रो र सुनकोशी हाइड्रोको एकिकृत कारोबार सुरु

अर्थ संसार

शुक्रबार, १४ असोज २०७९, ०६ : ४७ मा प्रकाशित

आजदेखि नेशनल हाइड्रो र सुनकोशी हाइड्रोको एकिकृत कारोबार सुरु

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले सुनकोशी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरेपश्चात बनेको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको नामबाट आज असोज १४ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । 

नेशनल हाइड्रोले सुनकोशी हाइड्रोलाई प्राप्ति गर्ने सम्बन्धमा दुबै कम्पनीको मिति २०७८ फागुन १० गते  र २०७८ चैत्र ११ गते छुट्टा छुट्टै बसेको विशेष सधारणसभा र साधारणसभाबाट विशेष प्रस्ताब पारित गरेका थिए भने विद्युत नियमन आयोगबाट गत साउन ११ गते प्राप्तिका लागि सहमति प्राप्त गरेको थियो । 

कम्पनीले सुनकोशी हाइड्रोमा यसअघि गरेको लगानी रकम ६१ करोड ७२ लाख रुपैयाँ राइट ब्याक पनि भइसकेको छ । त्यो रकम कम्पनीले बोनस सेयरको रूपमा वितरण समेत गरिसकेको छ ।

तल्लो इन्द्रावतीको लाइसेन्स खोसिएपछि कम्पनीले त्यहाँ गरेको लगानी डुब्ने अवस्थामा पुगेको थियो । कम्पनीले सो बराबरको रकम नै प्रोभिजनिङ गरेको थियो । अहिले एनएचपीसीले उक्त आयोजनाको लाइसेन्स पाएपछि सो रकम राइट ब्याक भएको हो । 

633640621861c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको