Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीले पैसा नदिएपछि मानिससँग दशैँमा दक्षिणा दिनेसमेत पैसा छैन

रुषा थापा ,भक्तपुर

अर्थ संसार

शनिबार, १५ असोज २०७९, १७ : ०८ मा प्रकाशित

सहकारीले पैसा नदिएपछि मानिससँग दशैँमा दक्षिणा दिनेसमेत पैसा छैन

 विगतको दशैँमा सहकारीहरुले आफ्नो सहकारीमा बचत गर्ने बचतकर्तालाई दशैँको मसलहरु किनेर दिने गर्थे। साथै सहकारीहरुले साधारण सभा राख्दा भव्य रुपमा भोजभतेर लगाउँथे । तर यसपालिको दशैँमा सहकारीहरुले न दशैँको मसल बचतकर्तालाई दियो न त साधारण सभा नै राख्यो । साथै न त बचतकर्ताको पैसा नै फिर्ता गर्न सक्यो । सहकारीहरुले जनताको पैसा फिर्ता नगरेपछि मानिससँग दशैँमा टिका लगाएर दक्षिणा दिनेसमेत पैसा भइरहेको छ । 

पछिल्लो समय सहकारीहरु यस्तो नराम्रोसँग डुबेका छन् कि यिनीहरुले पानीसमेत पिउन पाएनन् । अर्काका ठगेर वा लुटेर कमाएको धनसम्पत्ति छिटो समयसम्म टिक्दैँन भनेर बुढापाकाहरु भन्ने गर्थे र अहिले यो उखान ठयाक्कै सहकारीमाथि नै लागू हुन पुगेको छ । यिनीहरुले पहिला कर्जा खाने मानिसलाई मिटरब्याजमा पैसा लगाएर सुकुम्बासी बनाए र आज यिनीहरु नै सुकुम्बासी हुन पुगेका छन्  ।


सहकारीहरुलाई जनताले अहिले ठग र चोरको नाम दिन्छन् । साथै अहिले कति सहकारीहरु डुबेर भाग्दा कति मानिसहरु खुशी समेत भएका छन् । उनीहरु अहिले भन्छन् , जस्तो काम गरेको थियो त्यस्तै फल प्राप्त भयो । साथै अब धेरै समयसम्म सहकारीहरु चल्न सक्दैँन र यिनीहरु चलेपनि यिनीहरुलाई नाफा हुदैँन भनेर धेरै जनताहरुले थाहा पाइसकेका छन् । 


सहकारीहरु यसरी डुबेको वा भागेको देखेर पछिल्लो समय सहकारीमा आफ्नो खाता रहेका ९८ प्रतिशत मानिसले आफ्नो खाता नै बन्द गरिसकेका छन् । अब सहकारीमा मानिसले भुलेर पनि पैसा राख्दैँनन् । सहकारी सञ्चालन गर्ने मानिसहरु शोषक, सामान्ती वा ठग हुन् भनेर जनताले थाहा पाइसकेका छन् । सहकारीकै कति मानिसहरुको घरखेत पनि सबै गुमेको छ र आज सडकमा बाँस भइरहेको छ । 


सहकारीहरुको ठग र लुटको विरोधमा अहिले जनताले बोल्न आँट गरिसकेका छन् भने सञ्चारकर्मीले कलम चलाउन थालिसकेका छन् । सिधासाधी जनतालाई मिटरब्याजमा कर्जा लगाएर गरिबको रगतपसिना खाएर आफु धनी बन्ने सामान्तीहरुलाई अब जनताले लखेट्ने दिन आइसकेको छ । धितो राखेर एक लाख कर्जा दिएमा सेवाशूल्क , सेयर र घुस गरेर २० हजार खाने र ८० हजार दिने तर कित्ता दिने एक लाखकै लिने । 


त्यस्तै यता २ करोडको धितो भएमा एक करोड दिने र एक करोड दिएकोबापत पनि दश लाख घुस खाने । तीन कित्ता नतिर्नेबित्तिकै २ करोडको धितो एक करोडमा नै खाइदिने र ऋणीलाई सडकछाप बनाइदिने । साथै पहिला कर्जाको ब्याज १८ प्रतिशत भनेर दिने तर हिसाब गर्दा ४५ प्रतिशतसम्म पर्ने गर्छ । 


सहकारीहरुले यस्तै काम गरेर धेरै जनताहरुलाई लुटिसकेको छ र आज उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । तर यस्ता ठगहरुलाई कारबाही गर्न सहकारी विभाग भने डराउँछ । सहकारी विभागका महानिर्दैशक रुद्रप्रसाद पण्डित यस्ता सहकारीहरुलाई अनुगमन गरेर कारबाही गर्ने आँट नगरेर बरु यस्ता सहकारीहरुकै कार्यक्रममा अतिथि भएर जान्छन् र  जनता ठग्न झन् हौसला दिने गर्छन् । 


आफु सञ्चालक वा कार्यसमितिमा रहेको सहकारी डुबेपछि पछिल्लो समय सहकारीका सञ्चालकहरु सहकारी विभागमा दिनँहु जस्तो धाउने गर्छन् । साथै आफ्नो नाम कार्यसमितिबाट हटाउन सहकारी विभागका महानिर्दैशकलाई सहकारीका सञ्चालकहरुले ५ लाखदेखि २० लाखसम्म घुस रहेको भनेर पनि सुनिन्छ । 


साथै सहकारी डुबेपछि सहकारीका सञ्चालकहरु भोलि आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर जनताको पैसा फिर्ता गर्नुपर्छ भनेर आफ्नो नाम वा परिवारको नाममा भएको समपत्तिहरु अर्काको नाममा नामसरी गरिरहेका छन्  ।अहिले जनताहरु भन्छन्, बरु मिठोमिठो खाऔँ तर सहकारीमा पैसा नराखौँ । जनताबाट यस्तो नराम्रोसँग सहकारीहरु नङ्ग्रियो कि आज जनताले सहकारीमाथि विश्वास नै गर्न छोडे  । 


एक दिनमा बजार प्रतिनिधिले बजारबाट एक लाखदेखि तीन लाखसम्म पैसा उठाउने गर्थे र व्यापारी र जनताले पनि खुशी र विश्वासका साथ पैसा राख्ने गर्थे । तर अहिले दिनको २ हजारदेखि ५ हजारपनि पैसा उठ्दैँन र कति मानिसहरुले पैसा राखेपनि उनीहरु आफ्नो पैसा डुब्छ कि भन्ने त्रासमा रहेका छन् । 


अहिले सहकारीहरुले २४ प्रतिशतदेखि ३६ प्रतिशतसम्म ब्याज दिन्छु भनेर जनताको पैसा उठाइरहेका छन् र फसाइरहेका छन् । अब जनताले ब्याजको लोभमा सहकारीमा पैसा राख्नुहुदैँन । किनभन्दा सहकारीमा पैसा राख्नु भनेको नै जुवाँतास खोल्नु वा डुब्नु हो । सहकारी भनेको जनतालाई सेवा दिन खोलेको संस्था नभई जनतालाई ठग्न र लुट्न खोलेको संस्था हो भनेर अहिले जनताहरु बुझ्रछन् । 


पहिलापहिला गाँउमा शोषकसामान्ती मानिसहरुले सिधासाधी जनतालाई एक लाख पैसा दिने गर्थे र १० लाखको तमसुक गराउने गर्थे । साथै पछि उनीहरुलाई सुकुम्बासी बनाउने गर्थे । अहिले सहकारीहरुले पनि यहँी काम राम्ररी सिकेका छन् । अहिले ८० प्रतिशत मानिसहरुले सहकारीबाट महंगोब्याजमा ऋण लिएर तिर्न सकेका छैनन् । अब कि सहकारी वा बैंकहरुले कर्जाको ब्याज घटाउनुपर्छ होइन भने सहकारी र बैंकबाट लिएको ऋण अब जनताले तिर्न छोड्ने छन् । 


यी वित्तीय संस्थाहरुले कर्जाको ब्याज महिनैपिछे बढाउने गर्छन् । वित्तिय संस्थाहरुको विरोधमा अहिले जनताहरु सडकमा उत्रिसकेका छन् र अहिले सहकारी र बैंकहरुले महंगो ब्याज दिन्छु भनेर मानिसहरुलाई लोभ्याउँदा पनि मानिसहरु पैसा राख्न तयार छैनन् । अब झन् वित्तिय संस्थाहरु डुब्छन् र दिनहुँ रुपमा नै भाग्ने गर्छन् । 


सहकारीमा पैसा राख्ने मानिसहरुले अहिले साँवा त पाएका छैनन् भने ब्याजको त कुरै छोड्दिऔँ । मलाई ब्याज चाहिदैँन साँवा मात्र फिर्ता दिनुस् भनेर रोइकराइ गर्दा पनि सहकारीले पैसा फिर्ता गर्दैन । सहकारीमा पैसा राख्ने मानिसहरु अहिले मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् , उनीहरुमा न त दिनमा भोक नै छ न त रातमा निन्द्रा नै । 


अबदेखि जनताले सहकारीमा पैसा राख्नुहुदैँन र विश्वास पनि गर्नुहुदैँन । किनभन्दा यिनीहरु कतिखेर तपाइँलाई सडकछाप बनाएर भाग्छ भनेर कसैलाई थाहा हुदैँन । पछिल्लो समय सहकारीहरुले जनताको पैसा उठाउनका लागि बुढाबुढीलाई लैरो उपहार दिने र आफ्रनै भवन छ भनेर फसाउने । यिनीहरुले यसरी अहिले आफ्नो नयाँ अभियान सुरु गरिरहेका छन् । 

 
सहकारीमा अहिले जनताले जतिसुकै बढीब्याज पाएपनि पैसा राख्दैँनन् । यि वित्तिय संस्थाहरुले पहिला नाफा, घुस खानाका लागि घरजग्गा, गाडी र सेयरमा आफ्नो सम्पूर्ण लगानी गरे । बजारमा वित्तिय संस्थाहरु डुबेसकेको भनेर बच्चादेखि बुढोसम्मले भन्ने गर्छन् । सहकारी र बैंकहरुमा अहिले पैसा निकाल्नेको भिड छ भने राख्ने कोही छैन । काखमा बच्चा बोकेर र हातमा लैरो समातेर समेत सहकारी र बैंकहरुमा आफ्नो पैसा निकाल्न मानिसहरु लाइनमा घाम न पानी भनेर बसिरहेका छन्  ।
दुई वर्षअगाडी आनाको ७० लाखमा किनेको घडेरी अहिले दुई लाखमा बिक्री हुदैँन । अहिले घरजग्गा बेच्ने यत्तिकै छन् भने किन्ने कोही छैन । पछिल्लो समय मालपोत कार्यालय पनि सुनसान देखिन्छ र कहिलेकाहँी मात्र एकदुईवटा घरजग्गा नामसरी हुने गरेको पाइन्छ ।  त्यस्तै यता घरजग्गा कारोबार गर्ने दलालीहरु बैंकको ऋण तिर्न नसकेर भागिसकेका छन्  ।


साथै घरजग्गा, गाडी र सेयर धितो राखेर वित्तिय संस्थाबाट कर्जा खाने मानिसहरु हामी ऋण तिर्न सक्दैँनौँ भनेर हात उठाइरहेका छन् । एक वर्षअगाडी एक कित्ता सेयरको ४ हजारमा किनेको तर अहिले बेच्छु भन्दा सय रुपैँयामा बिक्दैँन । त्यस्तै यता एक वर्षअघि ५० लाखमा किनेको गाडी अहिले एक लाखमा बिक्री हुदैँन । बजारमा अहिले पैसाको अभाव रहेको छ भने वित्तिय संस्थामा तरलता रहेको छ । 


वित्तिय संस्थाहरु घाटामा गएपछि त्यहाँँका कर्मचारीहरुले पनि एक वर्षदेखि तलब पाएका छैनन् । यसपालिको दशैँमा सहकारी र बैंकले बचतकर्ताको पैसा फिर्ता नगरेपछि कति मानिसहरु आफ्नोगाउँ समेत जान पाएनन् । साथै आफुलाई समस्या पर्दा नै काम लाग्छ भनेर खाइनखाइ गरेर वित्तिय संस्थामा राखेको पैसा दशैँ जस्तो चाडपर्वमा समेत वित्तिय संस्थाले फिर्ता नगरेपछि मानिसहरु आफुलाई आवश्यक पर्ने सामानहरु किनमेल गर्नबाट नै वञ्चित भएका छन् । 


जनताको पैसा लिनेबेला हाँसेर लियो तर फिर्ता गर्ने समयमा दाँतबाट नै पसिना निकाल्यो । सहकारीहरु ठग र चोर हुन् भनेर जनताहरुले यत्रो आवाज उठाउँदा पनि सहकारी विभाग चुपचाप हेरेर बसिरहेको छ । सहकारी विभाग न त यस्ता सहकारीहरलाई कारबाही नै गर्न सक्छ न त सहकारीमा पैसा नराख्नुस् भनेर जनतालाई सचेत नै गराउन सक्छ । 


पछिल्लो समय सहकारीहरु रातारात भागिरहेका छन् र दिनहुँ १५ ओटा समेत सहकारीहरु भागिरहेको भनेर बजारमा सुनिन्छ । सहकारीकै कारण अहिले जनताको घरमा रुवाबासी चलिरहेको छ । तर सहकारी विभागलाई जनताको मतलब नभइ अहिलेपनि करकै माया रहेको छ । देशैभरि ३५ हजार २ सय ३९ ओटा सहकारीहरु दर्तामा रहेका छन् र यी सहकारीहरुमा ९१ लाख जनता ११ खर्ब पैसा जम्मा गरेका छन् । 


यो पैसा अहिले डुब्दै छ र सहकारी धमाधम भाग्दै छ । जनताको घरघरमा रुवाबाँसी भइरहेको छ । साथै सहकारीमा काम गर्ने कर्मचारीहरु कति त तलबबिना नै जागिर छोडिरहेका छन् भने कति तै सहकारी डुब्छ र हामी पनि फस्छौँ भनेर भटाभट आफ्नो जागिरनै छोडिरहेका छन् । एउटै घरमा ७ ओटासम्म समेत सहकारी र बैंकहरुको बोर्ड वा अफिस रहेको देखिन्छ । 


च्याउ उम्ररिएको जसरी नै सहकारी र बैंकहरु उम्ररिएका छन् । एक लाख रुपैँया पैसा मुद्दती खातामा राख्छु भनेमा सहकारी र बैंकका कर्मचारी नै त्यो मानिसको घर पत्ता लगाएर घरमै पैसा लिन पुग्छन् । सिधासाधी जनतालाई चिसो र तातो खुवाउँदै फसाउने काम वित्तिय संस्थाहरुले गरिरहेका छन् । साथै पछिल्लो समय कति वित्तिय संस्थाहरुले विभिन्न विज्ञापन बजाएर वा बढी ब्याज दिन्छु भनेर जनतालाई ठग्ने र लुट्ने काम गरिरहेका छन् । 


अहिले बैंक, फाइन्स र सहकारीमाथि जनताको विश्वास गुमिसकेको छ र जनताको विश्वास गुमाउने बित्तिकै यिनीहरु डुबिसकेका छन् । पछिल्लो समय सहकारीका अध्यक्ष वा चेयरम्यानहरु सहकारी डुबेपछि अफिस नै आउँदैनन् र कसैले देख्छ कि भनेर लुकीलुकी हिड्ने गर्छन्  । साथै अहिले बजारमा दिनहुँ सहकारीहरु डुबेर भागेको र पैसा राख्ने मानिसहरु कंगाल भएको कुरा सुनिन्छ । सहकारीमा अहिले २० हजारको चेक लिएर गएमा त्यहाँ त्यो चेक साट्दैँन र एक महिनामा ५ हजार लिएर जानुस् भनेर भन्ने गरिन्छ तर त्यो साँवा हो कि ब्याज भनेर कसैलाई थाहा छैन । 


त्यस्तै यता बैंकमा एक लाखको चेक साट्नु परेमा एक हप्ताअगाडी नै जानकारी गराउनुपर्छ । साथै पैसा ननिकाल्नुस् बरु हामी ब्याज बढाउछौँ भनेर भन्ने गरिन्छ । अरु मानिसहरु यसरी डुबेको देखेर अब हामीले पनि हाम्रो पैसा निकाल्न सुरु गर्नुपर्छ र अरुलाई पनि सचेत गराउनुपर्छ । आज ब्याजको लोभले भोलि साँवा नै डुब्ला है , होसियार । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको