Like us!
Follow us!
Connect us!
Watch us!

सातवटै प्रदेशबाट श्रम स्वीकृति दिन शुरू

अर्थ संसार

आइतबार, १६ असोज २०७९, ०६ : ५४ मा प्रकाशित

सातवटै प्रदेशबाट श्रम स्वीकृति दिन शुरू

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशका सातओटै प्रदेशबाट श्रम स्वीकृति दिन शुरू गरेको बताएको छ । 

श्रममन्त्री शेरबहादुर कुँवरले शनिवार पत्रकारहरूसँग कुरा गर्दै देशका सातओटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताए ।

विगतमा रोजगारीका लागि विदेश जानेहरू श्रम स्वीकृति लिन काठमाडौंमा रहेको वैदेशिक रोजगार विभागमा पुग्नुपर्ने बाध्यता थियो । श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्दा कैंयौंले सास्ती बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए । 

त्यस्तै मन्त्री कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकामध्ये चालू आर्थिक वर्षमा करीब ४८ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सकिएको समेत बताए । उनले वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरीउपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई थप प्रभावकारी बनाइएको पनि बताए । 

बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भई काम अघि बढेको उल्लेख गर्दै रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रूपमा रोमानिया मिशन स्थापना गरिएको उनले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको