Like us!
Follow us!
Connect us!
Watch us!

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री

अर्थ संसार

बुधबार, १९ असोज २०७९, १४ : २२ मा प्रकाशित

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री

जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन भन्ने पनि हाेइन । बलिउडका यि कलाबार बारे जानाै जाे पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् ।

रणवीर कपुर

रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी पूर्ण रुपमा शाकाहारी बनेका छन् । हालका दिनमा उनी वीगन डाइटमा छन् ।

भूमि पेडनेकर

कोरोनाको लकडाउन अघिसम्म अभिनेत्री भूमि मांसाहारी थिइन् । तर, कोरोनालगत्तैको लकडाउनले उनलाई शाकाहारी बनाइदियो । घरमै बस्नुपर्ने भएका कारण उनले आफूलाई पूर्ण रुपमा शाकाहारी बनाइन् । शाकाहारी बनेपछि शरीरमा आएको परिवर्तनप्रति उनी खुशी छिन् ।

रितेश देशमुख

रितेशले दुई वर्षअघि मात्र ननभेज त्यागेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले गरेको निर्णय फ्यानलाई जानकारी दिएका थिए । उनी अहिले शाकाहारी जीवनशैलीमा रमाइरहेका छन् ।

शिल्पा सेठ्ठी

आफ्नो फिटनेसका लागि चिनिएकी शिल्पाले सन् २०२० मा मांसाहारी भोजनबाट सन्यास लिइन् । फिटनेसकै कारण उनले शाकाहारी भोजनलाई अपनाइन् ।

जोन अब्राहम

जोनले कैयौं वर्षअघि मांसाहारी परिकारबाट आफूलाई अलग्गै राखेका छन् । उनले बलिउडमा पाइला चाल्नुअघि नै मांसाहारी परिकारलाई त्यागेर शाकाहारी भोजन अपनाइसकेका थिए ।

कंगना रनावत

कंगना मुम्बई आउनुअघि मांसाहारी थिइन् । तर मुम्बई आएपछि उनी पूर्ण रुपमा शाकाहारी बनिन् ।

आलिया भट्ट

आलियाले सन् २०२० देखि मांसाहारी भोजन त्यागिन् । मांसाहारी भोजनको शौखिन उनले मांसाहारी परिकार त्याग्दा सबैजना चकित परेका थिए । तर अहिले भने उनको यो निर्णयले परिवार खुशी छन् ।

शाहिद कपुर

शाहिद कुनै बेला मांसाहारी भोजनको शौखिन थिए । तर, पिता पंकज कपूरले दिएको एक पुस्तक पढेपछि उनी पूर्ण रुपमा शाकाहारी बने । 

अमिताभ बच्चन

आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै अमिताभले मासु, भात, पेय पदार्थ र धुम्रपान त्यागे र उनलाई पेटाले तीन पटक ‘हटेस्ट’ शाकाहारी घोषित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको