Like us!
Follow us!
Connect us!
Watch us!

दशैँले ल्यायाे सेयर बजारमा उल्लास, लगानीकर्ता उत्साहित !

नेप्से

आइतबार, २३ असोज २०७९, १५ : १३ मा प्रकाशित

दशैँले ल्यायाे सेयर बजारमा उल्लास, लगानीकर्ता उत्साहित !

दशैँपछिकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । दशैँसँगै सेयर बजारमा पनि उल्लास छाएकाे देखिन्छ । सेयर बजारमा सुधारकाे संकेत देखिँदा लगानीकर्ता पनि उत्साहित बनेका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.७८ अंकले बढेर ३७२.२१ विन्दुमा पुगेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह बढेकाे छ ।

आइतबार हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे २२ कराेड ६९ लाख ८१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । बैंककाे सेयरमूल्य ९.९५ प्रतिशतले बढेर २ सय ३० रूपैयाँ ९० पैसा पुगेकाे छ ।

यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डकाे मूल्य ४.४८ प्रतिशतले घटेर ८ रूपैयाँ ३१ पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको