Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे काराेबार रकम

नेप्से

सोमबार, २४ असोज २०७९, १४ : ५८ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे काराेबार रकम

आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा तय गरेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.१६ अंकले घटेर १९७१.२२ विन्दुमा झरेकाे छ । नेप्से १.४३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.३६ अंकले घटेर ३६६.८४ विन्दुमा झरेकाे छ ।

कूल २३३ वटा कम्पनीकाे ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ हजार ७ सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार पनि हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे १६ कराेड ५८ लाख ७७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय एक रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य १० प्रतिशतले घटेर २ सय ५१ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको