Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ०७ : १३ मा प्रकाशित

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

रु रु जलविद्युत परियोजना लिमिटेडको लाभांस  सुरक्षित गर्ने आज  अर्थात असोज २६ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांस  वितरणको लागि  बिहिबार अर्थात असोज २७ गते बुकक्लोज तय गरेको छ। 

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांस सुरक्षित गर्न सक्नेछन्।  कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांस  वितरण गर्ने निर्णय गरेको थियो। साधारण सभामा प्रस्ताव पेश भएर पारित भएपछि कम्पनीले लाभांस पठाउने प्रकिया अगाडी बढाउने छ। 

कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको