Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे कारबाहीमा परे २ स्टक, काराेबार राेक्का

नेप्से

बुधबार, २६ असोज २०७९, १३ : ०८ मा प्रकाशित

नेप्सेकाे कारबाहीमा परे २ स्टक, काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ वटा स्टककाे काराेबार राेक्का गरेकाे छ । नेप्सेले नबिल बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ काे काराेबार राेक्का गरेकाे हाे ।

यी २ वटा स्टकले धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नियम पालना नगरेकाे भन्दै नेप्सेले काराेबार राेक्का गरेकाे छ । दुवै स्टकले लाभांश घाेषणा गरेकाे सूचना ढिलाे दिएका भन्दै नेप्सेले कारबाही गरेकाे हाे ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडकाे हिजाे (असाेज २५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरूलाई करसहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

तर दुवै फण्डले सूचना भने ढिला दिएका छन् ।

63466c99f37cf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको