Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर नबढ्ने हल्लाले सेयर बजारमा वृद्धि

नेप्से

बुधबार, २६ असोज २०७९, १५ : ०९ मा प्रकाशित

ब्याजदर नबढ्ने हल्लाले सेयर बजारमा वृद्धि

आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले बढ्दा काराेबार भएका १३ मध्ये ११ वटा उपसमूह उकालाे लागेका छन् ।

ब्याजदर नबढ्ने हल्लाले सेयर बजारमा वृद्धि देखिएकाे अनुमान लगाउन सकिन्छ । यसअघि अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउने नै नियत राखी ब्याजदरको बारेमा उपयुक्त सल्लाह सुझाव पेश गर्न भन्दै एक समिति गठन गरेका थिए। उक्त समितिले खुल्ला बजार व्यवस्थामा ब्याजदर बजारले नै स्वतन्त्र रुपमा निर्धारण गर्ने भन्दै त्यसमा हस्तक्षेप गरिनु नहुने सुझाव पेश गरिसकेको छ। समितिले जे सुझाव दिएको भए तापनि निक्षेपमा अहिले बैंकहरुले दिँदै आएको ब्याज उच्चतम भईसकेको हुँदा अब निक्षेपको ब्याज यो भन्दा धेरै हुनु नहुने र क्रमिक रुपमा घट्दै जानुपर्ने भन्ने कुरामा अर्थमन्त्रीले राष्ट्र बैंकमार्फत बैंकका सीईओहरुलाई सचेत गराईसकेको हुँदा कात्तिक महिनामा निक्षेपको ब्याज नबढ्ने सम्भावना रहेको भन्ने हल्ला बजारमा व्याप्त छ । साेही कारण बुधबार सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे अनुमान लगाउन सकिन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.४८ अंकले बढेर ३६६.११ विन्दुमा पुगेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड १७ लाख ३७ हजार ८ सय ९४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् व्यापार र म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

बुधबार पनि नबिल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २ कराेड ४० लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ७ रूपैयाँ २० पैसा पुगेकाे छ । 

यस दिन एभरेष्ट बैंक डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ९.८३ प्रतिशतले घटेर ७ सय ८० रूपैयाँ पुगेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको