Like us!
Follow us!
Connect us!
Watch us!

परिसूचकसँगै बढ्याे काराेबार रकम, टर्नओभरमा नबिल बैंककाे अग्रता कायमै

नेप्से

विहीबार, २७ असोज २०७९, १५ : १६ मा प्रकाशित

परिसूचकसँगै बढ्याे काराेबार रकम, टर्नओभरमा नबिल बैंककाे अग्रता कायमै

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा सामान्य सुधार देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज हाइड्राेपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ ।

 

आज पनि नबिल बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३ कराेड ४० लाख ३५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

बिहीबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त फण्डकाे मूल्य ४.४५ प्रतिशतले घटेर ७ रूपैयाँ ९५ पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको