Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने, आयोगले माग्यो ३ दिने स्पष्टिकरण

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ०६ : २० मा प्रकाशित

नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने, आयोगले माग्यो ३ दिने स्पष्टिकरण

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुविमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धीत निकायहरु संग स्पष्टिकरण माग गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो ।

आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिती र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन्ने नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो । आयोगले ति निकायहरुलाई तिन दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो । 

निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियम विपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केहि दिन अघि निर्वाचन आयोगमा उजुरी परेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको