Like us!
Follow us!
Connect us!
Watch us!

आफै रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा पुगिन रेखा

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, ०९ : ०८ मा प्रकाशित

आफै रिक्सा चलाएर भोट माग्न जनताको घरदैलोमा पुगिन रेखा

मोरङ क्षेत्र नं ३ मा प्रतिनिधि सभाको सदस्य तर्फको राप्रपाको उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छिन । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमजीवी श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् ।

बेलबारी नगरपालिकाको वडा नं ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ई-रिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन ।

त्यस्तै रेखाले बेलबारी वडा नं ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरू देखिने गर्छ ।

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् । उनले जनताको गुनासो सुन्ने र त्यसको सम्बोधन गर्ने तर्फ जोड दिने गरेकी छन् ।

634ccb2dada88.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको