Like us!
Follow us!
Connect us!
Watch us!

आजकाे बजार : नेप्से परिसूचक घट्याे, सेन्सेटिभ परिसूचक बढ्याे

नेप्से

सोमबार, ३१ असोज २०७९, १५ : ०३ मा प्रकाशित

आजकाे बजार : नेप्से परिसूचक घट्याे, सेन्सेटिभ परिसूचक बढ्याे

आज (साेमबार) नेप्से परिसूचकमा सामान्य गिरावट देखिएकाे छ । यता सेन्सेटिभ परिसूचक भने झिनाे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा झरेकाे छ । नेप्से ०.१४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक भने ०.२० अंकले बढेर ३६५.६२ विन्दुमा पुगेको छ । 

कूल २१९ वटा कम्पनीकाे १६ लाख ३१ हजार ३ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड ५८ लाख १८ हजार ९ सय ९० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २ कराेड ७९ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ८ रूपैयाँ पुगेकाे छ । सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९६ प्रतिशतले बढेर २ सय १४ रूपैयाँ २० पैसा पुगेकाे छ । 

यस दिन पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले घटेर २ सय ३० रूपैयाँ २० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको