Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँको कुलेश्वरबाट म्याद नाघेको दुई हजार किलो तिल बरामद

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १८ : ०८ मा प्रकाशित

काठमाडौँको कुलेश्वरबाट म्याद नाघेको दुई हजार किलो तिल बरामद

काठमाडौंको कुलेश्वरबाट उपभोग्य मिति नाघेको दुई हजार किलो खैरो तिल बरामद भएको प्रहरीले जनाएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बजार अनुगमनका क्रममा मसला बिक्री गर्ने फर्ममा शंकास्पद अवस्थामा उक्त परिमाणको तिल बरामद गरेको हो ।

मसला बिक्री गर्ने कुलेश्वरको फर्मले उक्त परिमाणमा म्याद नाघेको तिल राखेको पाइएको विभागका महानिर्देशक महेश भट्टराई बताए । फर्मको अन्य वस्तुसमेत शंकास्पद भएपछि प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ । 

बरामद भएको तिलको हालको बजार मूल्य ८ लाख रुपैयाँ भएको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको