Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा बढ्याे सेन्सेटिभ, अभियानकाे ओरालो यात्रा सुरू

नेप्से

विहीबार, ०३ कार्तिक २०७९, १५ : १७ मा प्रकाशित

नेप्से परिसूचक घट्दा बढ्याे सेन्सेटिभ, अभियानकाे ओरालो यात्रा सुरू

साताकाे अन्तिम काराेबार दिन आज (साेमबार) नेप्से परिसूचकमा सामान्य गिरावट देखिएकाे छ । यता सेन्सेटिभ परिसूचक भने झिनाे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेकाे छ । नेप्से ०.०७ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक भने ०.०९ अंकले बढेर ३६३.०५ विन्दुमा पुगेको छ । 

कूल २२१ वटा कम्पनीकाे १५ लाख ४६ हजार ८ सय ५७ कित्ता सेयर खरिदबिक्री हुँदा ५० करोड ७६ लाख ८९ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । लघुवित्तकाे ३ कराेड ६९ लाख ५२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ५९ रूपैयाँ १० पैसा पुगेकाे छ ।

 

यता लगातार सकारात्मक सर्किट लाग्दै आएको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ओरालो यात्रा सुरू भएकाे छ । आज कम्पनी सर्वाधिक मूल्य घट्ने कम्पनीहरूमध्येकाे तेश्राे नम्बरमा परेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको