Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ०६ : २६ मा प्रकाशित

३ कम्पनीको साधारणसभा आज, कुनको कति लाभांश ?

आज कार्तिक ३ गते विभिन्न ३ कम्पनीहरुको साधारणसभा हुँदैछ । आज रु रु जलविद्युत परियोजना, सिटिजन्स बैंक इन्टरनेशनल र गुँरास लाईफको साधारणसभाले लाभांश सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ । 

रु रु जलविद्युत परियोजना

रु रु जलविद्युत परियोजना लिमिटेडले कम्पनीले कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे साधारणसभा बोलाएको छ ।  

कम्पनीले साधारण सभा तथा लाभांस  वितरणको लागि  बिहिबार अर्थात असोज २७ गते बुकक्लोज तय गरेको थियो त्यसैले असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुमात्र सभामा सहभागि हुन पाउनेछन् । 

कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांस  वितरण गर्ने निर्णय गरेको थियो। साधारण सभामा प्रस्ताव पेश भएर पारित भएपछि कम्पनीले लाभांस पठाउने प्रकिया अगाडी बढाउने छ। 

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आज कार्तिक महिना ४ गते अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ः०० बजेदेखि सुरु हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ९ प्रतिशतले हुन आउने १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश र सभामा भाग हुन पाउनेछन् । 

गुराँस लाईफ इन्स्योरेन्स कम्पनी

गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज कात्तिक ४ गते कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २६ गते, बुधबार बुकक्लोज गरेको थियो त्यसैले, असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको